बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको पथरीशनिश्चरे र बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

आइतबार, ०२ असोज २०७९, २१ : ०१
आइतबार, ०२ असोज २०७९

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतबार मोरङको पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोबेल अस्पतालले विपन्न बिरामीलाई लक्षित गर्दै पथरीशनिश्चरे वडा नं.२, ३ र बेलबारी वडा नं.४ मा शिविर सञ्चालन गराएको हो ।

तीनवटा शिविरबाट एकैदिन ९ सय १० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । पथरीशनिश्चरे वडा नं.३ मा सञ्चालित शिविरमा ३४२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । 

त्यस्तै, ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै पथरीशनिश्चरे–२ मा शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचारका लागि १५१ जना बिरामी आएका थिए ।  यता, नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्राडा.रामहरि घिमिरे र स्त्रीरोग विशेषज्ञ प्राडा.सीता घिमिरे नेतृत्वको टोलीले बेलबारी–४ मा आयोजित शिविरमा बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

उपचारका लागि ४१७ जना बिरामी आएको सो शिविरमा १०४ जनाको इसीजी, ११३ जनाको ल्याब टेष्ट, १०१ जनाको भिडियो एक्सरे गर्नुका साथै १९ जनाको दाँत उखेलिएको छ । त्यहाँ उपचार हुन नसकेका ३५ जनालाई अस्पताल रेफर गरिएको छ ।  तीन वटै शिविरबाट थप उपचारका लागि १०९ जना बिरामी अस्पताल रेफर भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप