शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा नेपालबाट निकासी हुँदै गरेको ८० कार्टुन मदिरा बरामद

आइतबार, ०२ असोज २०७९, २० : ४८
आइतबार, ०२ असोज २०७९

अवैधानिकरूपमा नेपालबाट भारततर्फ लैजादै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । भारतिय नम्बर प्लेटको गाडी स्कारपियोमा ८० कार्टुन गौरव लेखिएको सोफी मदिरा आज प्रहरीले नियन्त्रण लिएको हो ।

महोत्तरी स्थित मनरासिस्वा नगरपालिकाको भारतको दशगजा क्षेत्रमा पर्ने बथनाहा बोर्डर हुँदै  BR30 B3372 नम्बरको गाडीमा राखी लैजादै  गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीको अनुसार स्कारपियो गाडी १७ लाख ७२ हजार र ७२ हजार बराबरको मदिरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप