बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सेवा

आइतबार, ०२ असोज २०७९, २० : ३६
आइतबार, ०२ असोज २०७९

भुवन कार्की
ज्येष्ठ नागरिकको स्वास्थ्य सेवाको लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवा  दिन थालेको छ । नगरप्रमुख विमला अर्यालका अनुसार स्वास्थ्य संस्थामा जान नसकेका तथा दीर्घ रोगी ज्येष्ठ नागरिकहरूलाई घरमै स्वास्थ्यकर्मीले सेवा दिन थालिएको हो । 

नगरपालिकाले ७० वर्ष भन्दामाथि उमेरका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा तथा औषधि उपचार गरिरहेको सुनवल नगरप्रमुख अर्यालले जानकारी दिइन् । सुनवल नगरपालिकाभित्र १३ वटा वडाहरू रहेका छन् । नगरभित्रका १३ वटै वडामा स्वास्थ्यकर्मीहरू परिचालन गरी सेवा दिने काम सुरुवात गरिएको अर्यालले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप