बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मिल्स भेट्रान्स गोल्डकप : दमक भेट्रान्स सेमिफाइनलमा

आइतबार, ०२ असोज २०७९, २० : ०९
आइतबार, ०२ असोज २०७९

झापाको दमक– लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब सुनसरीलाई ५– २ गोलले हराउँदै दमक भेट्रान्स सेमिफाइनलमा पुगेको हो । 

दमकलाई जित दिलाउन सुवास आङथुपो सुब्बाले ह्याट्रिक गरे । यस्तै चन्द्र कुमार गिरी र विशाल राईले समान १/१ गोल गरेका थिए । दमकले सातौं मिनेटमा सुवासको गोलबाट शुरुआती अग्रता लिएको थियो । खेलको आठौं र २३ औं  मिनेटमा सुवालले गोल गर्दै दमकको अग्रता ३–० को बनाएका थिए । २३ औं मिनेटमा धरानका डिफेन्डर सुधन केसीको पेनाल्टी एरियामा हेण्ड भएपछि दमकलले पेलान्टी पाएको थियो । पेलान्टीमा सुवालले गोल गर्दा दमकको अग्रता तेब्बर भएको थियो भने खेलको ३५ औं मिनेटमा चन्द्र कुमार गिरीले गोल गरेपछि पहिलो हाफमा दमक ४–० ले अगाडि रह्यो ।

पूरा समय धरानमाथि हाबी भएको दमकले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको  ४८ औं मिनेटमा विशाल राईले गोल गर्दै दमकलाई जित दिलाउन सफल भए । धरानको तर्फबाट रवि कुमार राईले ४२ औं र लक्ष्मी याख्खाले ६४ औं मिनेटमा १÷१ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच दमकका ह्याट्रिक गर्ने खेलाडी सुवास सुब्बा घोषित भए । उनले नगद २  हजार १ सय रुपैयाँ पाए ।

सोमबार दुई खेल हुने छन्  । पहिलो खेल युनाईटेड भेट्रान्स क्लब विराटनगर र दुहबी भेट्रान्स क्लब बिच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा बिर्तामोड भेट्रान्स र भरौल भेट्रान्सबीच प्रतिस्पर्धा हुने संयोजक मनोज खड्काले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप