बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

परराष्ट्र सचिव पौड्याल न्यूयोर्क प्रस्थान

आइतबार, ०२ असोज २०७९, २० : ०५
आइतबार, ०२ असोज २०७९

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको ७७औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

न्युयोर्कमा रहँदा उनले ७७औँ संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिवले संयुक्त राष्ट्रसङ्घका साइडलाइनमा हुने उच्चस्तरीय बैठकमा सहभागी हुनुका साथै राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप