बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कांग्रेसका तीन शीर्ष नेता मधेसबाट समानुपातिकमा

आइतबार, ०२ असोज २०७९, १९ : ५४
आइतबार, ०२ असोज २०७९

मधेस प्रदेशका तीन हेभिवेट नेताहरूलाई नेपाली कांग्रेसले संघबाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । विमलेन्द्र निधि, आनन्द प्रसाद ढुंगाना र सह महामन्त्री फरमुल्लाह मन्सुरलाई मधेस प्रदेशबाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको प्रदेश सभापति कृष्ण यादवले रातोपाटीलाई बताए ।

निधि मधेसी क्लस्टरबाट, ढुंगाना खसआर्य कोटाबाट र मन्सुर मुस्लिम क्लस्टरबाट सिफारिस भएको यादवको भनाई छ । गत निर्वाचनमा तीन जानै नेता पराजित भएका थिए । निधि धनुषा ३ मा राजेन्द्र महतोसँग पराजित भएका थिए भने ढुंगाना धनुषा २ उमाशंकर अरगरियासँग पराजित भएका थिए ।

मन्सुर भने बारा क्षेत्र नम्बर ३ तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा)का रामवावुकुमार यादवसँग पराजित भएका थिए । मधेस प्रदेशको टोलीले समानुपातिकका लागि सिफारिस भएका १ सय बढीको नामलाई ४० जनामा झारेर सर्टलिस्ट गरिएको नाम पार्टी सभापतिलाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा यतिबेला सातवटा समूह बनाएर समानुपातिकको बन्दसूचीलाई अन्तिम रूप दिने काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप