बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आर्सनल शीर्ष स्थानमा उक्लियो

आइतबार, ०२ असोज २०७९, १९ : ४८
आइतबार, ०२ असोज २०७९

आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । 

आर्सनललाई जित दिलाउन विलियम सालिबा, गाब्रियल जिसस र फाबियो भिएराले एक–एक गोल गरे । सालिबाले खेलको १७ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

जिससले खेलको २८ औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । खेलको ४९ औं मिनेटमा फाबियोले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।

जितसँगै आर्सनल ७ खेलमा १८ अंक जोडेर लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड ९ अंक जोडेर नवौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप