आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

१८ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

आइतबार, ०२ असोज २०७९, १९ : २४
आइतबार, ०२ असोज २०७९

बलात्कार मुद्दामा १८ वर्ष कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका–५ पर्वत घर भएका ५७ वर्षका पल्ट मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए ।

२०७९ साउन ६ मा जिल्ला अदालत धनुषाले मण्डललाई १८ वर्ष कैद र २ लाख जरिवाना हुने ठहर गरेको थियो । उनलाई घरबाट पक्राउ गरेर अदालतको आदेशले कारागार चलान गरिएको डिएसपी क्षेत्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप