चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

person explore access_timeअसोज २, २०७९ chat_bubble_outline0

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन् ।


प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ । सुरेन्द्र बसेलले भिडियोमा कोरियोग्राफी गरेका छन् । वि.सं. २०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो । यो गीतबाटै गायक बोगटी सांगीतिक क्षेत्रमा स्थापित भएका थिए ।  



ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने निर्देशन आलोक नेम्बाङले गरेका थिए । कार्यक्रममा बोल्दै गायक बोगटीले सांगितिक क्षेत्रमा ख्याति कमाउनुको पछि यही गीत रहेको बताए । उनले धेरैले पुरानो गीतभन्दा नयाँ गीत गाउन सुझाव दिएपनि आफूले १२ वर्षमा खोला त फर्किन्छ यो त २० वर्ष भइसक्यो भन्ने हिसावले उत्तर दिँदै आएको बताए ।  कार्यक्रममा अभिनेता पुष्प खड्काले यो गीत अहिलेका दर्शकहरुसामु पुनः पु¥याउनु आफैँमा राम्रो भएको बताए । कार्यक्रममा गायक बोगटीले चाँडै नै सान्नानीको दोस्रो भर्सन ल्याउने घोषणा गरे ।  



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।