बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशित

आइतबार, ०२ असोज २०७९, १८ : ४७
आइतबार, ०२ असोज २०७९

नेपाल प्रहरीको जनपद तर्फका प्रहरी निरिक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । २०७८ मंसिर १० मा प्रकाशित विज्ञापन अनुसार लोकसेवा आयोगले २०७९ जेठ २२ मा परीक्षा संचालन गरेको थियो । आइतबार आयोगले नतिजा प्रकाश गरेको हो । 

उत्तिर्ण उम्मेदवारहरूलाई असोज ९ मा प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परिक्षणका लागि उपस्थित हुन प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ । लिखित परीक्षामा २१५ जना उत्तिर्ण भएका छन् । खुलातर्फ ११४ जना, अमर अशक्त कोटामा १ जना, महिलातर्फ २३ जना, आदिवासी जनजातिमा ५२ जना, मधेशी कोटामा २७ जना, दलिततर्फ १८ जना र पिछडिएको क्षेत्रबाट ८ जना उत्तिर्ण​ भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप