पहिलो दिन २ दलले बुझाए आयोगमा समानुपातिकतर्फको बन्दसूची
आइतबार, ०२ असोज २०७९, २२ : ५९
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रमअन्तर्गत पहिलो दिन प्रतिनिधि सभा तर्फ २ दलले मात्र बन्दसूची दर्ता गरेका छन् । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने पहिलो दिन प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए ।
यस्तै प्रदेशसभातर्फ ३ वटा प्रदेश एक–एक वटा दलले बन्दसूची दर्ता गराएका छन् । प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, मधेस प्रदेशमा तमलोपा र बागमतीमा ताम्सालिङ् लोकतान्त्रिक पार्टीले सामानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने दललाई असोज २ र ३ गते भित्र सामानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु