शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्षमायाचना*

आइतबार, ०२ असोज २०७९, १८ : ०९
आइतबार, ०२ असोज २०७९

आफूलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको छोरी दाबी गर्ने महिला चोलेन्द्रको छोरी नभएको पुष्टि भएको छ । यस सम्बन्धी समाचार उत्पादक ‘न्युज एजेन्सी नेपाल’ले सुनिधि राणा भनेर मिडियामा बोल्ने महिला चोलेन्द्रको छोरी नभएको भन्दै क्षमायाचना गरेको छ । 

समाचारबारे प्रश्न उठेपछि खोजबिनका क्रममा प्राप्त प्रमाणका आधारमा ती महिला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको छोरी नभएको निष्कर्ष निकालिएको न्युज एजेन्सी नेपालले विशेष सूचनामार्फत जनाएको छ । 

*‘​चोलेन्द्रकी छोरी सुनिधिको आक्रोशः अपराध लुकाउन हामीमाथि दमन गरियो (भिडियोसहित)’ शीर्षकमा रातोपाटीले उक्त समाचार प्रकाशित गरेकोमा क्षमायाचनासहित हटाइएको जानकारी गराइन्छ–सम्पादक

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप