‘लौरो’ चुनाव चिन्ह खारेज गर्न स्वतन्त्र उम्मेदवारहरूको माग
लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । हाम्रो नेपाल पार्टीले केहि समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रष्टिकरणका लागि निवेदन दर्ता भएको हो । आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेदवार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले संयुक्त रूपमा हाम्रो नेपाल पार्टीको लौरो चिन्ह बारेमा प्रष्टिकरण दिन निवेदन दर्ता गराएका हुन्।
स्थानीय तहको निर्वाचनमा आयोगले ‘लौरो’ चुनाव चिन्ह केहि उम्मेदवारहरूलाई प्रदान गरेकोमा हाल सोहि चुनाव चिन्हलाई हाम्रो नेपाल पार्टीले स्वतन्त्रहरुको साझा चुनाव चिन्ह लौरो भनेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्रचार प्रसार गरिरहेको छ। यो निर्वाचन चिन्ह आयोगले २०७९ असार २९ गते (सि.नं. ११४, दर्ता नं. १८८) अनन्तराज घिमिरेको अध्यक्षतामा रहेको ‘हाम्रो नेपाली पार्टी’ नामको दललाई दिइ सकेको छ । यद्यपि दलको रुपमा दर्ता भएपछि पनि उक्त पार्टीले भने आफूलाई स्वतन्त्र भनेर दावी गर्ने गरेको र चुनाव चिन्ह समेत स्वतन्त्रहरूको साझा भन्ने गरेकाले उक्त क्रियाकलाप कानुन विपरित क्रियाकलाप भएको उजुरी पत्रमा लेखिएको छ ।
‘दलका रूपमा दर्ता भएपछि कसरी त्यो स्वतन्त्र रह्यो ? र, निर्वाचन आयोगले पार्टी दर्ता गर्दा नै यो स्वतन्त्रहरुको साझा चुनाव चिन्ह भनेर दर्ता गरेको त होइन होला नि !,’ उजुरी कर्ता कँडेलले भने, ‘हाम्रो नेपाल पार्टी भनेर दर्ता भइसकेपछि अब यस निर्वाचन आयोगले लौरो चुनाव चिन्हका बारेमा प्रष्ट पारिदिनुपर्छ।’
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले पनि पार्टी दर्ता गर्दा साझा चुनाव चिन्ह भनेर दर्ता गरेको छैन भने उक्त चुनाव चिन्ह स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाएका छन्। उनले हाम्रो नेपाल पार्टीले जनतामा भ्रम छर्न लिएको लौरो चुनाव चिन्ह खारेज गर्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान