आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एक महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ३ लाख ३६ हजारले बढ्यो

आइतबार, ०२ असोज २०७९, १७ : ४७
आइतबार, ०२ असोज २०७९

साउन महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या ३ लाख ३६ हजारले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो महिना अर्थात् असार मसान्तसम्म कुल मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ८३ लाख ७ हजार २५५ रहेकोमा साउन मसान्तसम्म (एकै महिनामा) बढेर १ करोड ८६ लाख ४३ हजार ८३४ पुगेको हो । 

जसबाट साउन महिनामा मात्र कुल १ खर्ब ५२ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ । यस्तै समीक्षा अवधिमा भुक्तानी प्रदायक वालेट प्रयोगकर्ताको सख्या १ करोड ४० लाख ९४ हजार, डेबिट कार्डको प्रयोगकर्ताहरु १ करोड १० लाख ८० हजार, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या १७ लाख ६ हजार ८६९, कनेक्स आईपीएस प्रयोगकर्ताहरूको संख्या ९ लाख १७ हजार ५४३ लगायत अन्य डिजिटल भुक्तानीका साधनहरुको प्रयोगकर्ताहरूको संख्यामा उल्लेखनीय वृद्धि आएको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप