हिमालय बैंकद्वारा क्यास डिपोजिट मेसिन सञ्चालन
आइतबार, ०२ असोज २०७९, १७ : ३७
हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । सो मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिनेछ । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ, जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकको भनाई छ । यस सुविधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले
-
पोखरामा कांंग्रेस-एमाले वडाध्यक्षको अश्लील गाली, टेबुलमा मुड्की बजारेपछि स्थगित भयो बैठक
-
सूर्यको किरणबाट भिटामिन डी लिने सही समय कुन हो ?