शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय बैंकद्वारा क्यास डिपोजिट मेसिन सञ्चालन

आइतबार, ०२ असोज २०७९, १७ : ३७
आइतबार, ०२ असोज २०७९

हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । सो मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिनेछ । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ, जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकको भनाई छ  । यस सुविधाले बैंक​का ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप