सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुने कम्पनीले जनाएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै