स्मार्टच्वाइस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता
आइतबार, ०२ असोज २०७९, १६ : ५४
स्मार्टच्वाइस टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र न गेटवे पेमेन्ट सर्भिसले सञ्चालन थालनीको तयारी गरेको युपीआइ नेपाल क्यूआरबीच अन्तरआवद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौताले मुलुकको समग्र डिजिटल भुक्तानी प्रणालीको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने आशा गरिएको छ । यस सम्झौता पश्चात युपीआइ नेपाल क्युआरको सुबिधा लिने बिभिन्न व्यापार-व्यवसायलाई स्मार्ट क्युआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन् ।
यस्तै स्मार्ट क्यूआर मार्फत भुक्तानी लिँदै आएका व्यापार—व्यवशायले युपीआइ नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरू मार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी