बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेस : सिफारिस गरिएका समानुपातिक सूचीमा बालुवाटारमा कैँची !

आइतबार, ०२ असोज २०७९, २२ : ५१
आइतबार, ०२ असोज २०७९

नेपाली कांग्रेस​ समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची तयार गर्न जुटेको छ । समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएका नामहरूलाई ‘सर्ट लिस्ट’ गर्न नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका हुन् ।

कांग्रेसमा संघ र प्रदेश गरी ४ हजारको आसपासमा नेताहरूको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन् । यसलाई संघमा ११० र प्रदेशमा २२० को सङ्ख्या झार्न नेताहरूलाई सकस परिरहेको छ ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार सिफारिस गरिएका नामलाई ‘सर्ट लिस्ट’ गर्न सातवटै प्रदेशका सभापति, पार्टीको संसदीय समिति, १४ जना पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व पदाधिकारी, शेखर कोइराला, आमन्त्रित सदस्यका रूपमा बालकृष्ण खाण र ज्ञानेन्द्र कार्की जुटेका छन् ।

पुनका अनुसार संघको समानुपातिक सूचीमा धेरै समस्या नरहे पनि प्रदेशबाट उम्मेदवार टुङ्गो लगाउन यतिबेला सकस परिरहेको छ । ‘संघमा उम्मेदवार चयन गर्न खासै समस्या देखिएको छैन । केही क्षेत्रबाट सबैबाट एकल नाम सर्ट लिस्ट भएका छन् । तर, प्रदेशमा विभिन्न समूहहरू रहेकाले एउटै क्षेत्रबाट अझै पनि २–३ जनासम्मको नाम सर्ट लिस्ट भएका छन्,’ पुनले भने, ‘त्यही सर्ट लिस्टमा उम्मेदवारको टुङ्गो लाग्नेछ ।’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप