एससीओ बैठक : प्रधानमन्त्री मोदी, राष्ट्रपति पुटिन र सी जिनपिङले के भने ?
उज्वेकिस्तानको सांस्कृतिक राजधानी समरकन्दमा गत बिहीबार र शुक्रबार साङ्घाई सहयोग संगठन (एससीओ)मा शिखर सम्मेलन भयो । दुईदिने सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ सहभागी थिए ।
त्यस अतिरिक्त आयोजक राष्ट्र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभ, बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को, किर्गिस्तानका राष्ट्रपति सदर जापारोभ र कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभ सहभागी भए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले के भने ?
एससीओ सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘ महामारीपछि सम्पूर्ण विश्वले आर्थिक पुनरुत्थानको चुनौती सामना गरिरहेको छ । वैश्विक कुल ग्राहस्थ उत्पादन(जीडीपी)मा एससीओ देशहरूको ३० प्रतिशत योगदान छ भने विश्वका ४० प्रतिशत जनसंख्या यी देशहरूमा बस्छन् ।’
उनले आगाडि भने, ‘महामारी र युक्रेन संकटले विश्वव्यापी आपूर्ति श्रृंखलामा धेरै अवरोधहरू सिर्जना गरेको छ, जसका कारण विश्वले अभूतपूर्व ऊर्जा र खाद्य संकटको सामना गरिरहेको छ । एससीओले यस भेगमा भरपर्दो, लचिलो र विविध आपूर्ति श्रृंखलाहरू विकास गर्न प्रयास गर्नुपर्छ । यसका लागि सदस्य मुलुकहरुले एकअर्कालाई पूर्ण ट्रान्जिट अधिकार दिनुपर्छ ।’
मोदीले विश्वले खाद्य चुनौतीको सामना गरिरहेको समयमा कोदो उचित विकल्प हुनसक्ने बताए । हामीले अन्तर्राष्ट्रिय मिलेट्स फुट फेस्टिभल आयोजना गर्नुपर्ने पनि’ बताए ।
के भने शाहबाज शरीफ ?
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले छिमेकी फगानिस्तानमा शान्ति भयो भने पाकिस्तानमा पनि शान्ति हुने बताए । शरिफले अफगानिस्तानमा शान्ति बहाल गर्न त्यहाँ शिक्षा, स्वास्थ्य, व्यापार र कृषि जस्ता गतिविधिहरूमा मद्दत गर्नु पर्ने बताए । उनले अफगानिस्तानलाई बेवास्ता गरे ठूलो गल्ती हुने बताए ।
शेहबाज शरीफले त्यसपछि उनको देशलाई प्रभावित बनाएको बाढीको कुरा उल्लेख गरे ,‘ बाढीका कारण पाकिस्तानमा सामान्य जनजीवन नराम्ररी प्रभावित भएको छ । यसले झण्डै १४०० जनाको ज्यान लिईसकेको छ भने भविष्यमा बाढीजन्य रोगका कारण मानिसहरुमा समस्या उत्पन्न हुनेछ । हामीले अहिले भोगेको बाढीमा जलवायु परिवर्तनका प्रभाव छन् ।’
पाकिस्तानको कार्बन उत्सर्जन कम हुदाँ हुदै त्यसले निम्त्याउने त्रासदीबाट भने बढि प्रभावित हुनु अन्यायपूर्ण भएको उनले बताए । यो त्रासदी यतिम्मै रोकिने भन्दा पनि अन्य मुलुकमा पनि फैलिने भएकाले यसविरुद्ध एससीओ एक भएर उभिनुपर्ने उनको राय थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के भने ?
शुक्रबारको सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एससीओले आफ्ना सदस्य राष्ट्र सम्मिलित रहने खेल प्रतियोगिता आयोजना गर्नेबारे उपाय सुझाए । ‘एससीओको ब्यानरमा ठूला खेलकुद कार्यक्रमहरू आयोजना गर्न सकिन्छ, हामीले त्यस्ता खेलकुद आयोजना गर्ने संस्थाहरू बनाउनेबारे सोच्नुपर्छ ,’ उनले भने ।
बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को पुटिनको प्रस्ता समर्थन गरे । उनले एससीओको ढाँचामा खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने बताए । उनले सन् २०२४ मा गृष्मकालिन प्रतियोगिता र २०२६ मा शीतकालीन खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सुझाव दिए ।
पुटिनले वर्तमान विश्वमा शक्तिका नयाँ केन्द्रहरू बनिरहेको जोड दिदै ती शक्तिहरू एकअर्कासँग मिलेर काम गरिरहेका गराउन लाग्नुपर्ने बताए ।
चीनका राष्ट्रपति सी जिनपिङले के भने ?
चिनियाँ राष्ट्रपति सी जिनपिङले सबै देशले आफ्नो सुरक्षा र विकासमा जोड दिने बताउदै भने सदस्य मुलुकहरुले यस मामिलामा एकअर्कालाई साथ दिनुपर्ने बताएका छन् । ‘चीनले आगामी पाँच वर्षमा एससीओ सदस्य देशहरूबाट २,००० सुरक्षाकर्मीहरूलाई तालिम दिने र आतंकवाद विरोधी लडाइमा सहयोग गर्न प्रशिक्षण केन्द्र पनि निर्माण गर्नेछ,’ कार्यक्रममा सीले घोषणा गरे ।
सी जिनपिङले भाषणमा युक्रेनको उल्लेख गरेनन् । यस वर्षको फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारबाही भन्दै युक्रेनमाथि आक्रमण गरेको थियो । उनले सबै देशलाई चीनको विश्वव्यापी सुरक्षा पहलको हिस्सा बन्न आग्रह गरे। उनले अप्रिलमा यो पहलको प्रस्ताव राख्दै कुनै पनि देशको सुरक्षा अर्को देशको मूल्यमा हुन नहुने बताए । उनले सम्बोधनमा विकासोन्मुख देशहरूका लागि १.५ अर्ब युआन (२ करोड १४ लाख डलर) खाद्य सहायताको पनि घोषणा पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्सिटीको गोल वर्षा, म्यानयुको हार श्रृंखला जारी
-
६ महिनादेखि तलब नपाएपछि सीडीओलाई साँचो हस्तान्तरण
-
१२ बजे, १२ समाचार : रविसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्तादेखि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने थप एक जना पक्राउसम्म
-
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा पण्डित नियुक्त
-
राप्तीमा घडियाल गोहीको गणना सुरु
-
नेपाल कबड्डी लिग : विराटनगरद्वारा काठमाडौँ पराजित