समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल
आइतबार, ०२ असोज २०७९, २२ : ५५
नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् ।
आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिष्ट गरेर पठाउन निर्देशन दिएको छ । प्रदेशबाट सर्ट लिष्ट भई आएपछि कार्यदलले फाइनल लिष्ट तयार गर्ने सचिव लीलामणि पोखरेलले बताए । कार्यदलले आफ्नो गृहकार्य गरेर तयार पारेपछि सोमबार बस्ने पदाधिकारी बैठकले अनुमोदन गर्ने भएको छ । सोमबारै माओवादीले समानुपातिक लिष्ट निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ