शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजधानीमा थारू समुदायका महिलाले मनाए जितिया पर्व, तस्बिरमा हेरौं

आइतबार, ०२ असोज २०७९, १५ : ४५
आइतबार, ०२ असोज २०७९

आइतबार राजधानी लगायत तराईका थारु बाहुल्य जिल्लाहरुमा थारू समुदायका महिलाले सामूहिक पूजा गरि जितिया पर्व मनाएका छन् । प्रत्येक वर्ष आश्विन कृष्णपक्ष सप्‍तमी, अष्टमी र नवमी तिथिमा मनाउने गरिएको जितिया पर्व यो वर्ष पनि थारु महिलाहरुले धुमधामका साथ मनाएका हुन् ।  

यो पर्वका बारेमा आ–आफ्नै किंवदन्ती रहेका छन्।  यो पर्वको बारेमा पूर्वदेखि पश्चिमसम्म केही भिन्नता रहे पनि धेरै कुरामा समानता रहेको पाइन्छ । जितिया पर्वसँग जोडेर पृथ्वी, चन्द्र, सूर्य र आकाशको उत्पत्तिको बारेमा उल्लेख गरिएको पाइन्छ भने मानवको सृष्‍टिपछि सभ्यताको विकासको क्रममा भएको कथालाई समावेश गरिएको पाइन्छ ।  

विशेषगरी थारू समुदायमा मनाइने यस पर्वले उक्त समुदायका नारीहरू स्वतन्त्र हुने र पारिवारिक भेटघाट तथा माइती र ससुरालीसँगको सम्बन्ध जोड्नमा मद्दत गरेको पाइन्छ । हेरौं काठमाडौं मनाइएका जितिया पर्वका तस्बिरहरु : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप