बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेप्सेमा ३४ अंकको गिरावट, १ अर्ब ६० करोडको कारोबार

आइतबार, ०२ असोज २०७९, १५ : १४
आइतबार, ०२ असोज २०७९

आइतबार सेयर बजार परिसूचक नेप्सेमा झण्डै ३४ अंकको गिरावट आएको छ । केही दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा यस दिन ३३.९७ अंकले गिरावट आउँदै १८७६.४१ विन्दुमा झरेको हो । 
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.०४ अंकले घट्दै ३६५.८६ विन्दुमा ओर्लिएको छ ।

३४ अंकले घटेको बजारमा आज १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबरको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर कारोबार भएको छ । १३ वटा उपसूचक नै ऋणात्मक भएको बजारमा आज सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक ३.२४ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.०९ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप