गिजाको अप्रेसन गर्दा एकको मृत्यु, गुल्मीको रेसुङ्गा अस्पतालमा तनाव
गुल्मी–गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक व्यक्तिको मृत्यू भएपछि अस्पतालमा तनाव भएको छ ।
मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षिय शिवलाल अर्यालको दाँतको गिजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यू भएको थियो ।
सामान्य दाँत दुखेर अस्पताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर अप्रेसनपछि उनको होस नफर्केको मृतकका आफन्त बुद्धि गौतमले बताए । दाँत दुखेपछि मंगलबार दिउँसो २ बजे बिरामी अस्पताल पुगेका थिए । डाक्टरको लापरबाहीले सामान्य अवस्थाका मान्छेको ज्यान गएको आफन्तको आरोप छ । ‘तपाइँहरुले नसक्ने भए बाहिर लैजान्छौँ भनेको हो, तर डाक्टरले मानेनन,’ गौतमले भने,‘अन्त्यमा बिरामीको ज्याननै लिए ।
अर्यालको मृत्यूपछि उनका २१ वर्षिय छोरा अस्पतालमै बेहोस छन् । डाक्टरको लापरबाहीको कारण मृत्यू भएको भन्दै मृतकको शव उठाईएको छैन । ‘अस्पतालको लापरबाही देखिएपछि अहिले हामीले शव छुने कुरा हुँदैन, अझ प्रहरी बोलाएर बल प्रयोग गरियो,’ स्थानीय बालकृष्ण अर्यालले भने ‘परिवार र आफन्तहरु मात्र हैन सिङ्गो अर्जेलाई शोकमा डुवाइएको छ ।’
मालिका गाउँपालिका ६ का वडाअध्यक्ष शोभाखर गिरीले घटना नौलो नभएको बताए । उनले पहिले पनि अरु धेरै घटना घटेका तर पहुँचवालाको लगानी भएकाले लुकाएर बाहिर आउन नदिएको आरोप लगाए । ‘यो अर्जेको मात्र बिषय होइन, भोली धेरैले खेप्ने समस्या हो,’उनले भने,‘तर प्रहरीले बल प्रयोग गर्दा सिङ्गा सदरमुकाम मौन छ ।’ यो कुराबाट नै अस्पतालको दादागिरी प्रष्ट हुने उनले बताए ।
डाक्टरहरुलाई स्कर्टिङ्ग गरेर जिप्रका लगियो
रेसुङ्गा अस्पतालका डाक्टर याम भुजेलले यो घटनाले आफुहरुलाई झुक्काएको बताए । अप्रत्यासित बिरामीको मृत्यु भएपनि अफुहरुको त्यसका कुनै नियत नभएको उनले बताए ।
डाक्टर प्रकाश पुन, यम भुजेल र बिक्रम बस्नेतले अप्रेसन गरेका थिए । अस्पतालमा बनाव बढ्दै गएपछि प्रहरीले रेसुङ्गा अस्पतालका तीन जना डाक्टरहरुलाई नै स्कटिङ्ग गरेर प्रहरी कार्यालय लगेको छ । मृतकका आफन्तले अस्पतालबाट डाक्टरलाई हत्कडी लगाएर लैजानुपर्ने माग गरेपछि केहिवेर नाराबाजी र तनाव समेत भएको थियो ।
समस्याबारे पीडितका आफन्त, अस्पताल, प्रसासन र सरोकारवालाबिच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन