आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आइतबार, ०२ असोज २०७९, २३ : ०१
आइतबार, ०२ असोज २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्रउपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस लिएको आरोपमा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको थियो । यस्तै गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप सोह्र लाख पचास हजार रुपैयाँ पनि बरामद भएको थियो । 

उनीसँग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा १ को ङ बमोजिम कैद सजाय हुन मागदाबी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप