समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने पहिलो दल बन्यो नेपाल समावेशी पार्टी
आइतबार, ०२ असोज २०७९, १३ : ४३
नेपाल समावेशी पार्टी निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने पहिलो दल बनेको छ । ठुला दलहरूलाई समानुपातिक उम्मेदवारहरू चयन गर्न सकस परिरहेका बेला नेपाल समावेशी पार्टीले १ नम्बरमा उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले आगामी असोज ४ गते बन्दसूचीको जाँचबुझ हुने भएकाले सो दिन दिउँसो २ बजेको समयमा कार्यालयमा उपस्थित हुन पार्टीलाई बोलाएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आइतबार र सोमबारको समय दिएको छ । समाचार तयार पार्दासम्म मात्र एउटा पार्टीले बन्दसूची बुझाएको छ । प्राय: सबै ठुला दलले भोलिमात्र सूची बुझाउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने