बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरटी­–ल्याब फुटबल एकेडेमी सञ्चालनमा

आइतबार, ०२ असोज २०७९, १३ : ३३
आइतबार, ०२ असोज २०७९

एनआरटी–ल्याब युथ फुटबल एकेडेमी सञ्चालनमा आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले आइतबार ल्याब स्कुलमा एक विशेष समारोहका बीच एकेडेमीको उद्घाटन गरेका हुन् । नेम्बाङले एकेडेमीका खेलाडीहरुलाई भेटेर म्याच बल हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा विशेष अतिथि डा बालगोपाल वैद्य र एनआरटीका अध्यक्ष सुन्दर जोशीको पनि उपस्थिति रहेको थियो । एनआरटी र प्रयोगशाला विद्यालयबीच गत जुलाईमा एकेडेमी सञ्चालनका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र विद्यालयबाट ७/७ जना गरी १४ खेलाडी समावेश हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप