लोसपाले टुंग्यायो समानुपातिक उम्मेदवार, क्लस्टर अनुसार सूची तयार गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले उम्मेदवार टुंगो लगाएका हुन् । भदौ ३१ गते बसेको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार टुंगो लगाउने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो । अध्यक्ष ठाकुरले पार्टीका शीर्ष नेताको सल्लाहमा उम्मेदवारको टुंगो लगाएको सो पार्टीका एक नेताले बताए ।
शीर्ष नेताले उम्मेदवार टुंगो लगाएपछि त्यसलाई कलस्टर अनुसार सूची तयार गर्ने जिम्मेवारी पार्टीका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनाललाई दिइएको छ । उनले क्लस्टअनुसार सूची तयार गरेर आजै शीर्ष नेतालाई बुझाउने बताइएको छ ।
समानुपातिक उम्मेदवारका लागि सातवटै प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशका लागि करिब १३ सय जनाको नाम केन्द्रमा सिफारिस भएको थियो । त्यसमध्ये सबभन्दा बढी ७७५ जनाको नाम मधेश प्रदेशबाट सिफारिस भएको थियो ।
लोसपालाई मधेश प्रदेशको नाम टुंगो लगाउन हम्मे हम्मे भएको छ ।
स्रोतका अनुसार शीर्ष नेताले टुङ्ग्याएर दिएको नाममा पनि मधेश प्रदेशमा सहमति जुटेको छैन । त्यसलाई मिलाएर क्लस्टर तयार गर्ने काम नेता सोनलले गरिरहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड