सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

आत्महत्या न्यूनीकरण गर्न सवैले पहल गरौं : गृहमन्त्री

आइतबार, ०२ असोज २०७९, १३ : ००
आइतबार, ०२ असोज २०७९

गृहमन्त्री बालकृष्ण खाणले आत्महत्या न्यूनीकरण गर्न सवैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका छन् । उपत्यका प्रहरी कार्यालयले आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै मन्त्री खाणले भने–‘अकाल मृत्यु कसैको नहोस्, आत्महत्या न्युनिकरण गर्न सवैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आत्महत्याको ग्राफ बढेको छ । जीवन महत्वपुर्ण रहेको उल्लेख गर्दै मन्त्री खाणले भने–‘आत्महत्याको बाटो कसैले नरोजौँ, आत्महत्या न्यूनिकरण गर्न सरकारको आफ्नो दायित्व प्रति सजग छौं ।’

कार्यक्रममा प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले आत्महत्या न्यूनिकरणका लागी प्रहरीले गरेको प्रयासले मान्छेलाई ‘विकल्प’ प्रति आशा जगाउन मद्दत गरेको बताए । ‘आत्महत्या रोकथामलाई प्रहरीले सँधै प्राथमिकतामा राखेको छ’ आईजीपी सिंहले भने ।

आत्महत्या न्यूनिकरणका लागी सवै जिल्लामा मनोसामाजिक परामर्शदाता उपलब्ध गराउन आग्रह सिंहले सरकारसँग माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप