१ करोड १ लाखसम्म बीमा सुविधा भएको ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ सञ्चालनमा
मुक्तिनाथ विकास बैंक १ करोड १ लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशीर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्ड क्याटोगरीमा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् । यस्तै विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।
यसै गरी मुक्तिनाथ आशीर्वाद बचत खाता प्लाटिनम क्याटोगोरीमा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु. ८० लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् । यस्तै विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले