शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोलेन्द्र निवासमै रोकिए, बालुवाटारको अवस्था तस्बिर र भिडियोमा हेर्नुहोस्

आइतबार, ०२ असोज २०७९

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा जाने प्रयास असफल भएको छ। सरकारको आदेशमा प्रहरीले सुरक्षा नदिएपछि उनी बालुवाटारस्थित निवासमै रोकिएका हुन् । निवासमै रोकिनु परेपछि जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् । राणाले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो।’ निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको उनको भनाइ छ ।
संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा लागेका हुन् । तर, संघीय संसदले गत फागुन १ गते राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदको कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद र प्रधानन्यायाधीश जबरा समेतलाई लेखेको पत्रमा महाभियोग टुंगो नलागेसम्म जबराले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने उल्लेख छ ।
चोलेन्द्रको निवासमा यतिबेला बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सो स्थलको दृश्यहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया