आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हेलम्बुको खोलामा बेपत्ता शिक्षकको यसरी गरियो जीवितै उद्धार (तस्बिरहरु)

आइतबार, ०२ असोज २०७९, १२ : १०
आइतबार, ०२ असोज २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ को  खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ । दोलखाको कालिन्चोक–३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले उनको सकुशल उद्दार गरिएको जानकारी दिए ।  

डीएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु–१ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको भएको हो । शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीबेरमा उनलाई काठमाडौं लगिने तयारी भइरहेको छ । शनिबार नुहाएर फर्कने क्रममा अचानक शिवाकोटी चिप्लिएर खोलामा डुब्दा बेपत्ता भएका थिए । उनी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ सर्कथली आधारभूत विद्यालयका शिक्षक हुन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप