बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले समानुपातिक उम्मेदवारको टुङ्गो लगाउन सकेन

आइतबार, ०२ असोज २०७९, ११ : ०५
आइतबार, ०२ असोज २०७९

जनता समाजवादी पार्टी नेपाललाई समानुपातिक उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिन हम्मे हम्मे परेको छ । शनिबार राती अबेरसम्म सिंहदरबारमा बसेको जसपाको कार्यकारिणी समितिको बैठकले बन्दसूचीलाई पूर्णता दिन सकेन । संसदीय बोर्डबाट सिफारिस भएको नाममा कार्यकारिणीले दुई दिनसम्म छलफल गरे पनि अन्तिम रुप दिन सकेन ।

अब त्यसलाई शीर्ष तहमै टुङ्ग्याउने तयारी भइरहेको बताइएको छ । स्रोतका अनुसार अन्य प्रदेशमा लगभग कुरा मिलि सकेको छ, मधेश प्रदेशमा मिलेको छैन । त्यसलाई मिलाउनका लागि पार्टीका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका इन्चार्ज मृगेन्द्रकुमार सिंह यादव, प्रवक्ता मनिष सुमन र कार्यालय सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ । उनीहरु आजै मधेश प्रदेशबाट सिफारिस भइ आएको नामहरुलाई टुगों लगाउने छन् ।

प्रवक्ता सुमनले भने, ‘समानुपातिक उम्मेदवारको बन्दसूची लगभग राती नै टुगों लागि सकेको छ, त्यसलाई कलष्टर अनुसार राखेर अन्तिम रुप दिन बाँकी छ । आज सबै कुराको टुगों लाग्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप