बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आगामी निर्वाचनमा जनताले कांग्रेसलाई म्यान्डेट दिन्छन् : प्रकाशमान सिंह

आइतबार, ०२ असोज २०७९, ०९ : ५५
आइतबार, ०२ असोज २०७९

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २५ औं स्मृतिमा आज आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए । संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो । 

 स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्नेमा सिंहको जोड थियो । सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने पनि सिंहको भनाई थियो ।

'गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’  उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’ गणेशमान सिंहले देखाएको बाटो हिड्न सकेमात्र लोकतन्त्र बलियो हुने भन्दै नेपाली राजनीतिमा गणेशमान सिंहको योगदान को चर्चा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप