समानुपातिक उम्मेदवार छान्न माओवादीको पदाधिकारी बैठक
आइतबार, ०२ असोज २०७९, ०९ : ०५
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । समानुपातिक तर्फका उम्मेदवार आजै टुंगो लगाउने पार्टीको तयारी छ ।
आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ । यससँगै ठूला राजनीतिक दलहरु उम्मेदवारको सूची तयार पार्न व्यस्त बनेका छन् ।
नेकपा (एमाले)ले पनि आजै उम्मेदवार टुंगो लगाउने तयारीका साथ सचिवालय बैठक बोलाएको छ । भने नेपाली काँग्रेस पनि आन्तरिक छलफलमा जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता