आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

घट्यो राजस्व, बढ्यो खर्च

आइतबार, ०२ असोज २०७९, ०६ : ०३
आइतबार, ०२ असोज २०७९

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो । 

यस अवधिमा कर राजस्व मात्रै १५ अर्ब ४१ करोड रुपियाँले घटेको छ भने गैरकर राजस्व छ अर्ब ९९ करोड रुपियाँले घटेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९/८० को दुई महिना ९साउन–भदौ०मा एक खर्ब ४३ अर्ब ८१ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये एक खर्ब ३० अर्ब ७० करोड रुपियाँ कर राजस्व उठेको छ । त्यस्तै १३ अर्ब १० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ । 

गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक खर्ब ६४ अर्ब ६६ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये एक खर्ब ४४ अर्ब ७६ करोड रुपियाँ कर राजस्व र १९ अर्ब ९० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको थियो ।

चालू आर्थिक वर्ष सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । यसमध्ये कर राजस्व १२ खर्ब ९५ अर्ब ३७ करोड र गैरकर राजस्व एक खर्ब सात अर्ब ७७ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ । 

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सङ्कलन भएको राजस्व कुल राजस्व लक्ष्यको १०.२५ प्रतिशत मात्र हुन आउँछ । त्यस्तै कर राजस्व भने लक्ष्यको १०.०९ प्रतिशत मात्र सङ्कलन भएको छ । गैरकर राजस्व कुल लक्ष्यको १२.१६ प्रतिशत मात्र सङ्कलन भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप