समानुपातिक उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै
आइतबार, ०२ असोज २०७९, ०५ : ५९
आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।
एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार गर्ने तयारी भइरहेको बताए । बैठक बिहान ११ बजे बस्नेछ ।
यसअघि हिजो बसेको पार्टी सचिवालय बैठकले सङ्घीय तर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशीतालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी