दक्षिण अफ्रिकामा भयानक दुर्घटना, अधिकांश विद्यार्थीसहित २१ को मृत्यु
सवारी दुर्घटनामा परी दक्षिण अफ्रिकामा कम्तीमा २१ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १९ जना विद्यार्थी रहेका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने क्वाजुलु नातालमा दुर्घटना भएको हो । आपतकालीन स्वास्थ्य सेवा कार्यालयले शनिबार दिएको जानकारी अनुसार दुर्घटना एउटा ट्रकले अर्को ट्रकलाई उछिनेर जान खोज्दा भएको हो ।
दुर्घटनामा परेका बालबालिका १२ वर्षभन्दा कम उमेरका छन् । उनीहरू विद्यालयबाट घर फर्किदै थिए । घटनास्थलमा पुगेको प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको र दोषीलाई कारबाही गरिने जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालकहरूले लापरवाहीका कारण दुर्घटना भएको देखिएको छ ।
दक्षिण अफ्रिकामा चालकको लापर्वाहीका कारण अधिकांश दुर्घटना भई धेरैको मृत्यु हुने गरेको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्रीको कार्यालयले शोक वक्तव्य प्रकाशित गर्दै दुर्घटनामा मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै उनीहरूको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी