प्रदीपले मागे भुवन केसीको राजीनामा
अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा दिनुपर्ने बताएका छन् । बोर्डले राती ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान अगाडि सारेको भन्दै खड्काले अध्यक्ष केसीको राजीनामा मागेका हुन् ।
शनिबार आयोजित एक कार्यक्रममा प्रदीपले ‘प्रेमगीत ३’ लाई लक्षित गर्दै भुवन र निर्माता संघले उक्त नियम ल्याएको आरोप समेत लगाएका छन् । ‘स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन’ उनले भनेका छन् । उनले केही समय अगाडि ‘प्रेमगीत ३’ लाई चलचित्र विकास बोर्डले गरेको सम्मान पनि देखाउने दाँत मात्र भएको तर्क राखे ।
आफू अझै पनि १०–२० वर्ष यही क्षेत्रमा रहने बताएका प्रदीपले भुवन केसीलाई विकास बोर्डबाट फर्किनु छैन र भनेर प्रश्न समेत गरे । उनले अगाडि थपे– ‘विकास बोर्ड कसैको व्यक्तिगत जागिर खाने ठाउँ हो र ? राजा त हटाए भने विकास बोर्डको जागिर स्थायी हो र ? उहाँलाई त्यहाँबाट निस्कनु छैन र ?’
प्रदीपले चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशद्रोहको मुद्दा लगाउनुपर्ने भनेर दिएको अभिव्यक्तिमा पनि आपत्ति जनाए । सोही कारण उनले निर्माता संघको समानान्तर अर्को संघ खोल्ने चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी