दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको उपाधि मोरङलाई
अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि मोरङ भेट्रान क्लबले जितेको छ । सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा चितवनलाई २–० लाई पराजित गर्दै मोरङले उपाधि जितेको हो ।
मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक एक गोल गरेका थिए । मोरङले खेलको १३ औं र ३३ औ मिनेटमा गोल गरेको हो । उपाधि विजेता मोरङले एक लाख ५० हजार र उपविजेता चितवनले ७५ हजार रकम प्राप्त गरेको छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङकै मीनबहादुर बस्नेत, उत्कृष्ट गोल रक्षक मोरङका रमेशकुमार बस्नेत घोषित भएका छन् ।
यसैगरी उत्कृष्ट मिडफिल्ड चितवनका यमु राना घोषित हुँदा सर्वाधिक गोलकर्ताको उपाधि सिमरा भेट्रानका गोपीप्रसाद भट्टले प्राप्त गरेका छन् । सिमराका युवा व्यवसायी तथा समाजसेवी श्यामबाबु गुप्ता, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिना, सिमरा भेट्रान क्लबका राजकपुर राउत, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा एमाले जीतपुर सिमरा २ का वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेल लगायतले बिजेता खेलाडीहरलाई पुरस्कार वितरण गरेका थिए ।
सो प्रतियोगिता स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखि आयोजना गरेको हो । प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या