शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

खेलकुद मन्त्रीद्वारा बर्दियाका खेल संरचनाको अनुगमन

शनिबार, ०१ असोज २०७९, २१ : ११
शनिबार, ०१ असोज २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेल पूर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानीय सरकारको रहेको बताएका छन् । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं. ४ मा रहेको कबर्ड हलको निरीक्षण गर्दै मन्त्री अथकले केन्द्र तथा प्रदेश सरकारको लगानीमा निर्माण भएका खेल संरचनाको संरक्षणमा स्थानीय तहले भूमिका खेल्नुपर्ने बताएका हुन् ।

स्थानीय तहको सहभागिता बिना कुनै पनि योजनाले पूर्णता पाउन नसक्ने बताउँदै मन्त्री अथकले पालिका तथा वडा स्तरबाट खेल पूर्वाधार निर्माणका लागि बजेटको केही अंश छुट्टाउन समेत आग्रह गरेका छन् । निर्माणाधीन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भइसकेका खेल संरचनालाई बचाई राख्न स्थानियस्तरमा खेल गतिविधिलाई समेत निरन्तरता दिनुपर्ने उहाँको भनाई रहेको थियो । 

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ४ मगरपुरमा कबर्ड हल निर्माण गरिएको थियो । केन्द्र सरकारको २ करोड १० लाख लागतमा निर्माण भएको उक्त संरचनामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कबड्डी खेल सञ्चालन भए पनि त्यसयता उक्त कबर्ड हल प्रयोगविहीन हुँदै आएको गुनासो बढेपछि मन्त्री अथकले शनिबार स्थलगत निरीक्षण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप