नलगाडमा सुत्केरी भैंसीलाई भत्ता
भैंसी पालन कृषकलाई व्यवसायिक रुपमा सक्रिय बनाइ दुध उत्पादनमा वृद्धि गर्न सुत्केरी भैंसीलाई भत्ता दिन लागिएको छ । जाजरकोट नलगाड नगरपालिकाले पालिका भित्रका सबै सुत्केरी भैंसीलाइ यो भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।
‘भैंसी सुत्केरी, प्रोत्साहन हात भरी’ भन्ने कार्यक्रम अन्तर्गत भैंसी पालक कृषकहरुलाई भैंसीको व्यवसायिक पालनमा सक्रिय बनाउनका लागि यो कार्यक्रम ल्याइएको अधिकृत गिरीले जानकारी दिए ।
भदौदेखि लागू हुने गरी प्रत्येक सुत्केरी भैंसीलाई रु १ हजार ५०० दरले रकम दिन लागिएको उनले जानकारी दिए । अधिकृत गिरीले भने, ‘भैंसी पालन व्यवसाय विस्तारै कम हुँदै गएकोले नगरपालिकाबाट भैंसी पालन व्यवसाय विकास र वृद्धि गर्नका लागि यो कार्यक्रम ल्याइएको छ । वडाहरुले समेत थप भत्ता दिएर काम गर्नका लागि बाटोसमेत खुल्ला गरिएको छ । ’
भदौबाट लागू हुनेगरी सुत्केरी भैंसीको लागत संकलनको काम भइरहेको नगरपालिकाले जनाएको छ । पूर्वी क्षेत्रको नलगाड भैंसी पालन व्यवसाय राम्रो भएको पालिका मध्येमा पर्दछ । उक्त भत्ता लिएर भैंसीको हेरचाह, आहार र व्यवस्थापमा खर्च हुनेछ । वर्षमा एकपटक मात्र सुत्केरी भत्ता दिने योजना नगरपालिको लिएको छ । एकै घरका धेरैवटा भैंसी सुत्केरी भएमा ,उत्ति धेरै भत्ता दिने नगरपालिकाको योजना रहेको छ ।
यो योजनाले दुध उत्पादनमा वृद्धि ल्याउनुका साथै भैंसी पालक कृषकलाई सम्मान हुने अपेक्षा लिइएको छ । नलगाडको कालीमटीमा दुध डेरी समेत सञ्चालनमा आउनुका साथै बाहिर निर्यातका लागि सहकारी मार्फत आधुनिक मेसिन जडान गरी काम समेत सुरु भएको नगरप्रमुख डम्वर रावतले जानकारी दिए । जाजरकोट– डोल्पा सडक खण्डको बीचमा रहेको यहाँ नलगाड जलविद्युत आयोजना निर्माण स्थलमा समेत रहेको छ । जनसंख्याको चाप रहेको यस क्षेत्रमा आउन र जान समेत सहज रहेको छ ।
यस क्षेत्रमा उत्पादन भएको दुध अन्य जिल्लामा समेत सजिलै ढुवानी गर्न सकिने भएको छ । भैंसीलाई सुत्केरी भत्ता दिने नगरपालिकाको योजनाले आफू खुसी भएको कृषक रामबहादुर रावलले बताए । उनले भने,‘ महिलालाई त भत्ता दिएको थाहा पाएका थियौं तर अब भैंसीलाई पनि दिने भन्दै कर्मचारीहरु भैंसी अनुगमनमा आएका थिए , खुसी लाग्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल