बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हालान्डको गोल वर्षा जारी, सिटी शीर्ष स्थानमा

शनिबार, ०१ असोज २०७९, २१ : ००
शनिबार, ०१ असोज २०७९

म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । 

उल्भ्सको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, अर्लिङ हालान्ड र फिल फोडेनले एक–एक गोल गरे ।  घरेलु मैदानमा १० खेलाडीमा सिमित उल्भ्समाथि सिटीले पहिलो मिनेटमा नै अग्रता बनाएको थियो । सिटीका लागि ग्रेलिसले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

खेलको १६औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । खेलको ३३औं मिनेटमा उल्भ्स १० खेलाडीमा समेटियो । उल्भ्सका नाथन कोलिन्स रातो कार्ड खाँदै मैदान बाहिरिए । त्यसपछि खेलको ६९ औं मिनेटमा फिल फोडेनले गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए । 

जितसँगै सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सिटीले ७ खेलमा १७ अंक जोडेको छ । पराजित उल्भ्स ६ अंक जोडेर तालिकाको १६औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप