शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा जसपाको बैठक : समानुपातिक उम्मेदवार चयन गर्न सकस

शनिबार, ०१ असोज २०७९, २० : १२
शनिबार, ०१ असोज २०७९

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सिंहदरबारको संसदीय दल कार्यालयमा जारी रहेको छ । साँझ अबेला बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा समानुपातिक उम्मेदवारको विषयमा छलफल चलिरहेको हो । यतिबेला प्रदेशअनुसार छलफल चलिरहेको / आजै टुङ्ग्याउने गरी छलफल चलिरहेको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले बताए ।

उनले भने, 'समानुपातिक उम्मेदवारहरूको लिस्ट लामो छ, कसलाई राख्ने कसलाई हटाउने सकस भइरहेको छ । एक-एक व्यक्तिमा छलफल भइरहेको छ । त्यसमा पनि आयोगले दिएको क्लस्टर अनुसार सबै मिलाउनु पर्ने हुन्छ । अलि समय नै लाग्छ तर आज जसरी पनि टुङ्गो लगाउने छौँ ।’

जसपाको यो बैठक हिजै नै सुरु भएको थियो । समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीमा क्रियाशीलतालाई मुख्य आधार मानेको छ । पार्टीमा क्रियाशीलता, योगदान र जनधारको आधारमा उम्मेदवार चयन हुने काम भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप