शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

समानुपातिक सूची तयार गर्न माओवादीले बोलायो बैठक

शनिबार, ०१ असोज २०७९, १९ : ४०
शनिबार, ०१ असोज २०७९

नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न आइतबार बिहान पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । 

यसअघि सबै प्रदेशले प्रदेश र प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची सिफारिस गरेर पठाइसकेको छ ।  निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप