शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग

शनिबार, ०१ असोज २०७९, १९ : ०२
शनिबार, ०१ असोज २०७९

नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकता विहीन संघर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएको हो । 

नागरिकता विधेयक संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भए पनि उनले हालसम्म प्रमाणीकरण गरेकी छैनन् । संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफूहरू नेपाली नागरिकताविहीन हुँदा अनेकौँ सास्ती बेहोर्नु परेको बताए । उनले आफूहरू नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको जिकिर गरे । 

सरकारले आफूहरूको संविधानसम्मत मागलाई पुरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्नुपर्ने उनले बताए । धर्नामा सहभागीहरूले आफूहरूको भविष्यमाथि खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप