‘पुर्याइदेऊ’ नामक राइड सेयरिङ एप सार्वजनिक
मोटरसाइकल यातायात व्यवसायी प्रा.ली.द्वारा सञ्चालित ‘ पुर्याइदेऊ’ एप सार्वजनिक गरेको छ । यो एप नेपाली लगानी र नेपाली प्राविधिकले निर्माण गरेको राइड सेयरिङ भएको जनाइएको छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमार्फत उक्त एप सार्वजनिक गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला, सामाजिक अभियन्ता पुण्य गौतमलगायतले उक्त एपको आज संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले नेपालीले उत्पादन गरेको एप सबैले प्रयोग गर्ने विश्वास दिलाए । उनले भने,‘हामी आत्मनिर्भरतातर्फ जानुपर्छ । राज्य हाम्रो बारेमा सोचिरहेको छैन । जब जब पैसा बाहिर जान्छ, तब तब राज्य कमजोर हुन्छ ।’ उनले विश्वास नगरी कुनै पनि कुरा नहुने भन्दै यो एप प्रयोग गर्न सबैमा अनुरोध गरेका छन् ।
यस्तै, कम्पनीका सिइओ प्रभुविश्वेन्द्र अधिकारीले अहिले पूरा विश्व डिजिटल युगमा रहेको उल्लेख गर्दै यो एपले धेरै नेपालीलाई लाभ दिने विश्वास दिलाए । उनले भने,‘प्रविधिको युगमा यो एप सान्दर्भिक छ । नेपाली लगानी हो । नेपाली प्राविधिकले बनाएको हो । हामीले सेवामा गुणस्तरीयता ल्याउने हो । यो एपको आज उद्घाटन भएको छ । हामी खुसी छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त