टिकापुर जस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले यथाशिघ्र कानुन संशोधन गरि टिकापुर जस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा बसेकाे बैठकले सो माग गरेकाे हो
२०७९ भाद्र ३० गते सरकारद्वारा टिकापुर घटनामा मुद्दा लगाइएका रेशम चौधरी लगायतका आन्दोलनकारीहरुलाई मुद्दा खारेज गरी रिहाई गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको पार्टीले ठहर गर्दै पार्टीले शुरु देखि नै टिकापुर, महोत्तरी लगायतका देशभरीका विभिन्न ठाउँमा पहिचान र अधिकार प्राप्तिको लागि गरिएका संघर्षहरुमा मुद्दा लगाईएका व्यक्तिहरुलाई कानुन संशोधन गरि रिहा गर्न सरकारसँग आग्रह गर्दै आएको स्मरणसमेत गराएकाे छ । ।
यसकाे साथै लाल आयोगको प्रतिवेदन समेत तत्काल सार्वजनिक गर्न पर्ने पार्टीको माग छ । विज्ञप्तिमा संघीय संसदको दुवै सदनवाट दोश्रो पटक समेत पारित भै सम्मानित राष्ट्रपति समक्ष प्रमाणिकरणको निम्ति पेश गरिएको नागरीकता विधेयक निर्धारित समयमै प्रमाणिकरण गरि लाखौं नेपाली यूवाहरुलाई अनागरीक र राज्य विहिनताको अवस्थावाट बचाउन आग्रह गर्दछौं । यस्तो अवस्थामा असोज ४ गते सम्म नागरिकता विधेयक प्रमाणिकरण नभए राष्ट्रियता, लोकतन्त्र, मानव अधिकार र नागरिक अधिकारको रक्षागर्न पार्टी बाध्य भै संघर्षमा जानु पर्ने परिस्थिति आउन सक्छ । तसर्थ सम्बन्धित पक्षको समयमै ध्यानाकर्षण गराउन चाहन्छौं । २०७२ असोज ३ गते जारी भएको संविधानमा पूर्ण रुपमा हाम्रो सहमति नरहेको सर्वविदितै छ । नेपालको संविधान २०७२ को पूर्णताको निम्ति हामीले उठाएका मागहरु समेटी संविधान संशोधन नहुञ्जेलसम्म हाम्रो विरोध रहि रहनेछ । तसर्थ उक्त दिनलाई "विरोध दिवसको” रुपमा मनाउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पालिका स्तरसम्म विरोधका विभिन्न कार्यक्रमहरु गर्न आग्रह गर्दछौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !