महाभियोग सिफारिस समितिको अन्तिम बैठक सुरु, आजै प्रतिवेदन बुझाउने तयारी

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा बैठक बसिरहेको छ । आजको बैठकबाट महाभियोगको प्रतिवेदनलाई अन्तिम रूप दिएर सभामुखलाई बुझाउने तयारी छ ।
आज बिहान ९ बजेदेखि १२ बजेसम्म बसेको बैठकमा प्रधानन्यायाधीश राणाले अघिल्लो दिन हस्ताक्षर गर्न बाँकी रहेको बयानको लिखतमा हस्ताक्षर गरेका थिए । त्यसपछि समितिका सांसदहरूले राणासँग पुरक प्रश्न सोधेका थिए । दिउँसो प्रतिनिधि सभाको बैठक भएकोले ३ बजेसम्मका लागि स्थगित भएको थियो । प्रतिनिधि सभा बैठक चलिरहेका बेला समितिका ११ जना सांसदहरू सिंहदरबार पुगेर महाभियोग सम्बन्धमा आवश्यक निर्णय गरी प्रतिवेदनलाई अन्तिम रूप दिने तयारीमा छन् । आज मध्यरातदेखि प्रतिनिधि सभाको अधिवेशन अन्त्य हुन लागेकोले त्यसअघि सभामुखलाई प्रतिवेदन बुझाउने समितिको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ
-
धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का
-
सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर