सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपमा सहभागी गराउन चिलीले गरेको अपिल खारेज

शनिबार, ०१ असोज २०७९, १५ : ४२
शनिबार, ०१ असोज २०७९

चिलीले कतारमा हुने आगामी विश्वकपमा इक्वेडरको सहभागिता विरुद्ध फिफामा गरेको अपिल खारेज भएको छ ।  चिलीले इक्वेडरको राष्ट्रिय टोलीबाट खेल्ने बाइरन क्यास्टिलो ‘खासमा कोलम्बियाली नागरिक भएको र उनी विश्वकपको छनौट चरणमा इक्वेडरको टिमबाट खेल्न नपाउनुपर्ने’ भन्ने तर्क पेश गरेको थियो । 

फिफाले चिलीले दावी गरे विपरित क्यास्टिलो इक्वेडरकै नागरिक नरहेको देखिएको बताएको छ ।  ‘उपलब्ध कागजपत्रअनुसार क्यास्टिलोसँग इक्वेडरको स्थायी नागरिकता रहेको देखिएको’ फिफाले भनेको छ । क्यास्टिलोले छनोट चरणका आठ खेलमा इक्वेडरका लागि खेलेका थिए । 

यो निर्णयसँगै कतार विश्वकपमा छनौट हुने चिलीको अर्को एक प्रयास असफल बनेको छ । चिलीले अप्रिलमा फिफाको अनुशासन समितिमा यही कुरा राखेको थियो ।   उक्त मुद्दामा जुनमा निर्णय गर्दै अनुशासन समितिले इक्वेडरको पक्षमा निर्णय सुनाएको थियो । फिफाको अपिल कमिटीले विरलै फुटबलको अनुशासन समितिको निर्णयलाई उल्ट्याएको उदाहरण छ ।

चिलीको फुटबल फेडेरेसन भने अझै हरेस खाने पक्षमा छैन । उसले फिफाको निर्णयविरुद्ध स्वीट्जरल्याण्डको कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट(सीएएस)मा अपिल गर्न सक्छ ।  खेलकुद क्षेत्रको सबैभन्दा ठूलो अदालत सीएएसले अब आकस्मिक सुनुवाई बोलाएर फास्ट ट्रयाक निर्णय गर्न सक्छ । नोभेम्बर २० देखि आयोजना हुने विश्वकप आउन अब नौ हप्ता मात्रै बाँकी रहेकाले निर्णय चाडै गर्नुपर्ने दबाब छ । 

चिलीले क्यास्टिलो कोलम्बियाली नागरिक भएको आफूसँग प्रमाण रहेको दावी गरेको छ ।  इक्वेडर विश्वकपबाट बाहिरिए अघिल्लो छनौट खेलमा चिली दक्षिण अमेरिकी क्षेत्रबाट चौथो स्थानमा उक्लिने थियो र स्वत विश्वकपमा चुनिने थियो । 

फिफाको विधानको एक खण्डमा राज्य सरकारले खेलाडीलाई नागरिकता दिएर राष्ट्रिय टिममा समावेश गर्न सक्ने व्यवस्था गरेको छ ।  ‘खेलाडी जहाँ बसेपनि उसँग जुन देशको स्थायी नागरिकता(राष्ट्रियता) छ, उ सो देशको टिमबाट खेल्न योग्य हुन्छ,’ विधानमा लेखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप